Description from YouTube:

What is in the air we breathe every day?

This story is based on the stories and perceptions of people living around industrial area who are suffering from air pollution. This is the first part of the series “What’s in the Air?”

सिर्सियाको शिरानतिरका गाउँघरमा यही पानीले खेतका गह्रा भिज्छन् । यही पानी वरपर भेटिन्छन् माछा, भ्यागुता, पुतली र घामकिरीहरु । नागबेली बग्दै बग्दै सिर्सिया नदी, अरु सानातिना कुला खोल्सालाई समेट्छ । त्रिभुवन राजपथ वरपरको घना औद्योगिक क्षेत्रतिर आइपुगेपछि नदी मैलिन थाल्छ र हावा धमिलिन थाल्छ ।

यो कथा औद्योगिक क्षेत्र वरिपरि वायु प्रदुषण भोगिरहेका मानिसहरुको भोगाई र धारणामा आधारित छ ।
“हावामा के छ ?” श्रृंखलाको यो पहिलो भाग हो ।